सुर्खेतमा पूर्व महाराजा, महारानी र युवराज्ञीको नागरिक अभिनन्दन गरिने भएको छ ।
सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनीहरु दिउँसाे १ :३० बजे कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर आउने छन् ।
राप्रपा सुर्खेतले पूर्व महाराजा, महारानी र युवराज्ञीको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भईसकेको जनाएकाे छ ।
अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।
यसै कार्यक्रमकाे सवालमा हिजाे शुक्रवार कर्णाली प्रदेशकाे संसद सभामा राप्रपाकि समानुपातिक संसद सन्ताेषी शाहीले बडा महाराजा ,रानी भनेपछि सभाहलमा केही समय भनाभन नै भएकाे थियाे ।
कार्यविधि संवाददाता । १३ जेष्ठ २०८०, शनिबार ११:२४ बजे