पल प्रकरण : सोधपुछका लागि निर्देशक थापालाई प्रहरी कार्यालय लगियो

नाबालिगमाथि करणी गरेको गरेको आरोप फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न निर्देशक सुदर्शन थापालाई प्रहरीले तीनकुने स्थिति प्रहरी कार्यालय लगेको छ ।

निर्देशक नारायण पुरीले  दिएको जानकारी अनुसार प्राइम टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापाले प्रहरीले सोधपुछका लागि भन्दै प्रहरी कार्यालय लगेको हो ।यता, प्रहरीले पनि थापालाई पल शाहका विषयमा सामान्य सोधपुछका लागि बोलाएको  जानकारी दिएको छ ।

शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ ।  बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।राताेपाटी