अनुसन्धानका लागि प्रहरीले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गर्ने वडा अध्यक्षलाई हिरासतमा, पाँच दिन म्याद थप भएकाे छ ।
प्रमुख प्रशासकीय शम्भुप्रसाद पौडेलमाथि हातपातको आरोपमा उजुरी परेका गोलञ्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्कीलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलिले जनाएकाे छ ।
अध्यक्ष कार्कीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आइतबार आत्मसमर्पण गरेपछि उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
गोलञ्जोर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृतलाई हातपात गरी फरार रहेका वडा अध्यक्ष कार्की विरुद्ध पक्राउ पूर्जि जारी भएको थियो ।
२०८० साल असार १४ गते गोलन्जोर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेलले हातपात गरेको आरोपमा अभद्र व्यवहारको मुद्दा दर्ता गराएका थिए । उनलाई पक्राउ पूर्जि जारी गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले बताए ।
नीति कार्यक्रम तथा बजेटलाई पास गराउन सहयोग गरेको भन्दै बैठक स्थलबाट निस्कदै गर्दा कार्कीले कुटपिट गरेका थिए ।
कार्यविधि संवाददाता । २२ श्रावण २०८०, सोमबार ०६:३२ बजे