कर्णालीसहित बागमती , राप्ती र बबईले नाघ्यो खतराको तह पार गरेको र यसको तह अझै बढ्नसक्ने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आज बिहान ६ बजे सूचना जारी गर्दै देशका नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
त्यस्तै देशका धेरै क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्क रहन महाशाखाले अनुरोध गरेको छ
कार्यविधि संवाददाता । २३ श्रावण २०८०, मंगलवार ०७:३५ बजे