काठमाडौं महानगरपालिका– ३२ तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ ।
समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायव उपरीक्षक सुवास खड्का, काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका प्रहरी नायव उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त, नयाँ बानेश्वर प्रहरी निरीक्षक वीरेन्द्र के सी रहेका छन् ।
शुक्रबार बेलुका करिब १२ बजे तीनकुनेस्थित दिव्य समिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नवीन राईको हत्या भएको थियो। यीमध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन्।
हत्यामा संलग्न दीपेन्द्र राईले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् भने थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु सबै लागुऔषध दुर्व्यसनी रहेको प्रहरीको जनाएकाे छ ।
कार्यविधि संवाददाता । ३० भाद्र २०८०, शनिबार १३:५६ बजे