प्रहरी : लैङ्गिक हिंसामध्ये ८० प्रतिशत घरेलु

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार  लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको जनाएकाे  छ ।

घरेलु हिंसाभित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको छ ।

शनिवारबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८९ प्रतिशत चिनजानका मानिसबाटै महिला तथा बालिालिका हिंसामा पर्ने गरेका छन् ।

विवरणनुसार घरेलु हिंसाभित्र श्रीमान्–श्रीमतीबीच हुने घरेलु हिंसाका घटनामात्रै ६७ प्रतिशत छ । पछिल्लो एक वर्षमा प्रहरीमा १६ हजार पाँच सय १९ घरेलु हिंसा र अन्य लैङ्गिक हिंसा चार हजार तीन सय ९४ वटा दर्ता भएकाे प्रहरी श्राेतले  जनाएकाे छ ।