अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके काेहलपुर नगरपालिका –७ ठेगाना भएका २५ वर्षीय रमेश श्रेष्ठलाई विहीबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटक , इनस्टाग्राम र फेसबुकको दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ ।
फेसबुकमा ट्रम इलेक्ट्रीक ग्याजेट नाम राखि सस्ताेमा आइफाेन १२ प्राे र १३ प्राे माेबाइल बिक्रिमा राखि निवेदकहरु संग अनलाइन च्याट गरी विभिन्न व्यक्तिहरु संग मोबाईल बैकिङ तथा खातामा पहुँच पुर्याई रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमान्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
उनले आठ लाख चार हजार नाै सय पच्चासी रुपैयाँ ठगी गरेको प्रहरीले जनाएकाे छ ।
श्रेष्ठलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय टेकुमा पठाइएकाे काठमान्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
कार्यविधि संवाददाता । २१ मंसिर २०८०, बिहीबार १७:४३ बजे