नेपाल सरकारको अनुरोध : भारतमा कोभिड फैलिएकाे भन्दै जनस्वास्थ्य मापदण्ड अपनाउन

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण नेपालमा आउन नदिन जनस्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति मार्फत  छिमेकी मुलुकहरुमा यसको संक्रमण बढिरहेको र नेपालको त्यसको जोखिम कम गर्न दुई देशबिचकाे   प्रवेश बिन्दुमा सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक निगरानी भइरहेको  जनाएकाे छ ।

कोभिड १९ को जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहनुका साथै  भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले  जानकारी गराए ।

विज्ञप्ती :