३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल भाेलि बिहीवार दिउँसाे १ बजेबाट शुरु हुने छ ।
उपाधिका लागि सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र नेपाल प्रहरीकाे एनपिसी फाइनलमा पुगेका छन् ।
बिहीबार हुने फाइनलमा उपाधीका लागि पुलिसले एपिएफसँग प्रतिस्पर्धा गर्नेछ ।
आज बुधबार वीरेन्द्रनगरस्थित खुलामञ्चको भएको पहिलाे सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० काे सिधा सेटमा हराउँदै एपीएफ फाइनलमा पुगेकाे हाे । एपीएफले पहिलाे सेट २५–२३, दाेस्राे सेट २५–२० र तेस्राे सेट २५–१५ ले हरायाे ।
यस्तै आजै भएकाे दाेस्राे सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३–० ले हराँउदै पुलिस फाइनलमा पुगेको हो । पुलिसले आर्मीलाई २५–२१, २५–२३ र २५–१९ मा पराजित गरेको थियो ।
कार्यविधि संवाददाता । २५ पुष २०८०, बुधबार २०:०३ बजे