व्यक्तिमा लुकेर रहेका कलाकृति प्रदर्शन गर्न फागुन २० आइतबारदेखी सुदूपश्चिमकाे धनगढीमा प्रादेशिक ललितकला प्रदर्शन हुने भएकाे छ।
पहिलाे पटक सुदूरपश्चिमकाे धनगढिमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानकाे सह-आयाेजनामा फागुन २० देखि २४ गते सम्म प्रादेशिक ललितकला प्रदर्शनीकाे सम्पूर्ण तयारी पूरा भएकाे सुदूरपश्चिम प्रदेश प्रज्ञा- प्रतिष्ठानले जानकारी गराएकाे छ ।
प्रदेशस्तरीय प्रदर्शनीमा पाँच वटा विद्या चित्रकला, मूर्तिकला ,लाेककला, वास्तुकला र हस्तकलाकाे प्रदर्शनी गरीने छ । प्रदेशका नाै वटै जिल्लाका करिब २ सयबढी कलाकारका कलाकृति सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानमा आइसकेका छन् ।
प्रदर्शनीबाट एउटा विधाबाट तीन कलाकारकाे कलाकृति छनाेट गरी राष्ट्रिय ललितकला प्रज्ञा- प्रतिष्ठानमा जाने सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानका उपकुलपति डा.टीएन जाेशीले कार्यविधि डट कमलाई बताए ।
‘अहिले सम्म काठमान्डाैँमा सीमित रहेका ललितकला प्रदर्शनी याे वर्षबाट सुदूरपश्चिम आएकाे हाे ’, उपकुलपति जाेशीले भने , ‘यहाँकाे कलाकार र कलाकृतिलाई अन्तराष्ट्रियस्तरमा चिनाउने यस प्रतिष्ठानकाे मुख्य उद्देश्य हाे ।’
उता प्रदेशमा रहेका कलाकृतिमा कलाकारहरूलाई माथि उठाउन प्रदेशस्तरीय प्रदर्शनी गर्ने निर्णय भएको र यसले आगामी वर्षहरूमा पनि यस्तै निरन्तरता पाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएकाे छ ।
कार्यविधि संवाददाता । १९ फाल्गुन २०८०, शनिबार १८:१३ बजे