सुर्खेत: साढे सैतिस हजार नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र लिए

सुर्खेत । नागरिकता प्राप्त गर्ने साढे सैतिस हजार नागरिकले राष्ट्रिय परिचयपत्र लिएका छन् ।
गत मंसिर २१ बाट परिचयपत्र दिन शुरु गरेको हाल भाद्र मसान्त सम्म साढे सैतिस हजार नागरिकले परिचय पत्र लिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
आ.व. २०७७ /२०७८ मा जिल्ला प्रशासनको स्थायी स्टेशनबाट दुई हजार दुई सय बयानब्बे र चालु आ.व. २०७८ / ०७९ मा स्थाई स्टेसन बाट १ हजार ६ सय उन्नतिस र पालिका स्तरिय राष्ट्रिय अभियान क्रममा वीरेन्द्रनगर नगरपालिका बाट ३३ हजार ७ सय ४३ विवरण दर्तार संकलन भएको जिल्ला प्रशासन कार्यालय सुर्खेत प्रवक्ता श्री शमसेर रानाले कार्यविधि डट कमलाई बताएका छन् । प्रवक्ता श्री भन्छन् ,‘ हाल भेरीगंगा नगरपालिकामा पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता भैरहेको छ ।’

वैयक्तिक विवरण भरेकालाई विभागले परिचयपत्र पछि दिने गरी ‘नेसनल आइडेन्टिटी नम्बर’ (एनआईएन) उपलब्ध गराएको छ । यही नम्बरका आधारमा उनीहरूले परिचयपत्र पाउनेछन् । चालु आर्थिक वर्ष ०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममै ३ वर्षभित्र नागरिकताबाहेक सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भनिएको छ । विवरण संकलनकै लागि विभागले देशभर १ हजार ६६ स्टेसन तय गरेको थियो तर अहिले करिब ६ सय स्थानबाट मात्रै बायोमेट्रिकसहितको विवरण संकलन भइरहेको छ । सञ्चालनमा रहेका स्टेसनबाट पनि सोचेजति विवरण संकलन हुन सकेको छैन । एउटा स्टेसनबाट दिनमा ४० जनाले विवरण भर्दा १ वर्षमा करिब डेढ करोड व्यक्ति समावेश हुन सक्छन्, दिनमा ४२ हजार ६ सय ४० जना समावेश हुन्छन् तर विभागले दिनमा सरदर ४ हजार ८ सयको मात्रै बायोमेट्रिक विवरण भरेको छ ।विवरण संकलनमा निराशाजनक उपस्थितिले सरकारी खर्च बढाउने तर त्यसअनुसार लक्ष्य हासिल गर्न नसक्ने स्थिति देखिएको छ ।

‘गत आर्थिक वर्षभित्र १ करोडभन्दा बढी नागरिकको बायोमेट्रिक विवरण संकलन गरिसक्ने विभागकाे योजना थियो तर कोरोना महामारीले गर्दा नागरिक नै फाराम भर्न इच्छुक देखिएनन्, विवरण संकलन र बायोमेट्रिक लिने टोली कुरेर बस्नुपर्छ, मान्छे आइदिँदैनन्, कतिपय पालिकामा  हामी आफैं पनि जान सकेनौं,’ प्रवक्ता रानाले  भने । एउटा स्टेसनबाट सरदर ४० जनाको विवरण संकलन हुन सके लक्ष्य हासिल गर्न सकिने उनले बताए । एक जनाको फाराम भर्नदेखि बायोमेट्रिक लिन १० देखि २० मिनेट लाग्ने गरेको छ । नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि र राहदानी लिन आउनेलाई भने परिचयपत्रको विवरण भर्न अनिवार्य गरिएको छ ।