गत वैशाखमा कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्रिएर भएको जलश्रोत तथा उर्जा विकास मन्त्रालय एक कर्मचारीको भरमा अडिएको छ ।
साविक दरबन्दी ३ मा थप गरेर प्रस्तावित दरबन्दी संख्या तिस पुर्याए पनि हाल मन्त्रालय हाजिर गर्ने कर्मचारी का.मु. सचिव धमेन्द्र कुमार झा एक रहेको मन्त्रालय रेकर्डमा छ ।कर्मचारी अभावकै कारणले मन्त्रालयका कुनै काम भएका छैनन् । जिल्लागत कार्यालय खुल्न सकेका छैनन् भन्दै,, गुनासो मंगलबार जलश्रोत तथा उर्जा विकास मन्त्रालय का.मु. सचिव धमेन्द्र कुमार झाले गरेका छन् ।
‘कार्यालयमा कर्मचारी अभावले नागरिकलाई सहज सेवा दिन पाइएको छैन, प्रदेश र संघमा कर्मचारी माग गरिए पनि पदपूर्ति नहुँदा काममा समस्या परेको छ, सेवाग्राहीले पनि सहज सेवा नपाएको गुनासो गरिरहनुभएको छ’,का.मु. सचिव झाले भने । मन्त्रालयमा सेवा लिन पुगेका नागरिक कर्मचारी अभावका कारणले पटकपटक कार्यालयमा धाउनुपरेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि प्रदेश तहमा कर्मचारी समस्याले कामकाजमा समस्या परिरहेको छ । प्रदेश तहमा कार्यरत कर्मचारी संघमा समायोजन भएर जान थालेपछि प्रदेश तहका विभिन्न शाखा कार्यालय खाली बनेका छन् ।
कार्यविधि संवाददाता । १३ आश्विन २०७८, बुधबार १२:१५ बजे