सुर्खेत माेडेल कलेजकाे आयोजना र युजिसी भक्तपुर नेपालकाे सहयोगमा राष्ट्रिय स्तरको इभ्यालुसन एण्ड टिचिङ्ग म्याथाेलाेजी इन सेमेस्टर सिस्टम सम्बन्धी ३ दिने कार्यशाला गाेष्ठी शुरु भएकाे छ ।
३ दिने कार्यशाला गाेष्ठीकाे उद्घाटन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सकायका डीन प्रा.डा. डिल्ली राज शर्माले गरेका छन् । असाेज २१,२२ र २३ तीनसम्म सञ्चालित कार्यक्रमकाे सहजीकरण त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्ली राज शर्मा, प्रा.डा महेन्द्र चालिसे, सहप्रा.चित्र तिमिल्सेना, रेशम विष्ट र रमेश खत्रीले गर्ने छन् ।
कार्याशाला गाेष्ठीमा स्वागत मन्तव्य सुर्खेत माेडेल कलेजका सञ्चालक अम्मर बहादुर राेकाय, शुभकामना मन्तव्य पूर्व सुर्खेत शिक्षा क्याम्पस प्रमुख टंक आचार्यले राखेका छन् भने उद्घाटन् कार्यशाला गाेष्ठीकाे उद्घाेषक माेडेल कलेजका संचालक केसब खड्काले गरेका थिए ।
प्रमुख अतिथि शर्माले त्रिविमा सेमेस्टर प्रणाली लागु नगर्न ठुलठुला झुण्ड राजनितिक समूहका दबाव थियो । त्यसका वावजुद ठुलो जोखिम मोलेर प्रहरी वृत्तमा बसेर समेस्टर प्रणाली लागु गरिएको बताए । त्यस्तै कार्यशाला गोष्ठीमा विभिन्न क्याम्पसका प्राध्पापकहरुको गहन उपस्थिति रहेको छ ।
कार्यविधि संवाददाता । २१ आश्विन २०७८, बिहीबार १४:०७ बजे