काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।
मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ।
उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ।
देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कार्यविधि संवाददाता । ९ कार्तिक २०७८, मंगलवार ०८:३४ बजे