कोरोना सङ्क्रमणबाट, ६ जनाकाे ज्यान गयाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा  कोरोना भाइरसकाे सङ्क्रमबाट  ६ जनाकाे ज्यान गएकाे  पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय तीन जनाको नमुना परीक्षण गर्दा  तीन सय १५ जनामा सङ्क्रमण  पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुशार अहिलेसम्म पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ लाख २१ हजार नाै सय ४९ जनामा र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९५ हजार पाँच सय ४६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।

यही अवधिमा ६ जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ३५ पुगेको छ । नेपालमा अहिले सात हजार ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा थप एक लाख ४१ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ५९ हजार दुई सय जनाले पूर्ण मात्रा र एक करोड एक लाख २७ हजार चार सय जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।