सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवले एक कर्मचारीलाई कुटपिट गरेका छन् ।नगरपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई नगर प्रमुख यादवले कुटपिट गरेका हुन् ।
आज बिहान ९ बजे लेखा शाखामा हाजिरी गर्न रजिस्टार पल्टाउँदै गर्दा मेयर यादव अचानक आएर गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेको रामशरणले बताए । उनी नगरपालिकाको स्वास्थ्य शाखामा २४ वर्षदेखि काजमा कार्यरत छन् ।
सिरहा नगरपालिका-१५ सुकचेनाका स्थायी बासिन्दा उनको दरबन्दी भने सिरहा नगरपालिका-२० लगडी गदियानीस्थित स्वास्थ्य चौकीमा छ । नगरपालिकाले विधि प्रक्रिया पुर्याएर कर्मचारीलाई जहाँ पनि पठाउन सक्ने बाटो हुँदाहुँदै पनि कुटपिट गर्दै आफूलाई यहाँबाट दरबन्दी भएको ठाउँमा जान भनेको पीडित कार्यालय सहयोगीले बताए ।


कार्यविधि संवाददाता । २३ चैत्र २०८२, सोमबार १६:०८ बजे