गौतम बन्धुको जिल्ला समिति गठन

विरेन्द्रनगर ।  गौतम बन्धु राष्ट्रिय समाज कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा रुकुम पश्चिमका गौतम बन्धुहरूको जिल्ला भेला सम्पन्न भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित भेलाले रुकुम पश्चिममा बसोवास गर्ने अत्रि गोत्रीय गौतमहरूको जिल्ला समन्वय समिति गठन गरेको हो ।  भेलाबाट १३ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । समितिको अध्यक्षमा ओम केसी गौतम चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षमा नन्दराम केसी गौतम, सचिवमा निराकरण केसी गौतम र कोषाध्यक्षमा रमा गौतम चयन भएका छन् ।

समितिका सदस्यहरूमा रामबहादुर केसी गौतम, नौलु जैसी गौतम, मंघलाल गौतम, समिर गौतम, झक्कु प्रसाद गौतम, जगत गौतम, षडानन्द गौतम, प्रीयराज गौतम र इन्द्रलाल गौतम चयन भएका छन् । संस्थाको मार्गदर्शनका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकारहरूमा देविलाल गौतम, भरतकुमार शर्मा गौतम र दिलबहादुर केसी गौतम रहनुभएको छ । प्रदेश अध्यक्ष शिवप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मोहनप्रसाद गौतम प्रमुख अतिथि रहनुभएको थियो भने प्रदेश समन्वय समितिका सल्लाहकार संयोजक डा. दीपक गौतमको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले बन्धुहरूबीचको एकता, पहिचानको संरक्षण र संस्थागत सुदृढीकरणमा नयाँ कार्यसमितिले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । साथै, प्रदेश समन्वय समितिले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नव निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिएको छ । भेलाको समापनमा अत्रि–अनसुयाको स्मरण गर्दै सम्पूर्ण बन्धुहरूको सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो ।