जाजरकोट: भूकम्पपछि त्रिपालमुनि बसेका थप एककाे मृत्यु

भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका थप एककाे चिसाेकाे कारणले  मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा  भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्मा रहेका छन् ।

दम दिर्घ राेगी विश्वकर्मा राेगले हाे वा चिसाेले मृत्यु भएकाे भन्ने कुराकाे हालसम्म पुष्टि नभएकाे प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।