काठमाडौँ- माधव नेपालसहित १४ सांसदहरुको पद खारेज नगर्न माग गर्दै सांसदहरु विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय पुगेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको संसदीय दलको सिफारिसमा सांसद पद गुमाउने गरी कारबाहीमा परेका एमालेका माधव नेपालसहित १४ सांसदहरुको पद खारेज नगर्न माग गर्दै सांसदहरु विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय पुगेका हुन्।
रामकुमारी झाँक्री, विरोध खतिवडा, मंगलबार एमालेले माधव नेपाल, जीवनराम श्रेष्ठसहित १४ जना सांसदहरुलाई कारबाही गर्दै सांसद पदबाट समेत हटाउन संसद सचिवालयमा पत्राचार गरेका थिए।
माधव नेपाल गुटका दुई सांसदहरु विरोध खतिवडा र जीवनराम श्रेष्ठ उक्त कारबाही रोक्न माग गर्दै संसद सचिवालय पुगेका हुन्।
ओली गुटले मंगलबार कारबाही गरे पनि माधव नेपालले भने कारबाहीले आफूलाई असर नपर्ने दाबी गरेका छन् ।
कार्यविधि संवाददाता । २ भाद्र २०७८, बुधबार १५:३८ बजे