कोभिड-१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु, ३०४२ जना संक्रमित पहिचान, ४४ जना १० वर्ष मुनिका बालबालिका

काठमाडौं : नेपालमा थप तीन हजार ४२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा भएको कुल परीक्षणको १७.२३ प्रतिशतमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।

पछिल्लो २४ घण्टामा १० हजार ५ सय ३० आरटी-पीसीआर परीक्षण र सात हजार १ सय २४ एन्टिजेन परीक्षण भएको छ। जसमध्ये आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार ७९ जना र एन्टिजेन परीक्षणका क्रममा ९ सय ६३ जना कोभिड-१९ संक्रमित पहिचान भएका छन्।

यससँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ८ लाख २३ हजार ६सय ४७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २ सय ४४ जना संक्रमित संक्रमण मुक्त भएका छन्।

यससँगै हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको संख्या ९३.१८ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २६ जना कोभिड-१९ सं‌क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै

नेपालमा मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको छ। यो कुल संक्रमितको १.५ प्रतिशत हो।

नेपालमा हाल कुल संक्रमितको ५.४२ प्रतिशत सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

हाल नेपालमा ३६ हजार ९२२ संक्रमित होम आइसोलेसनमा र तीन हजार २८७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। सक्रिय संक्रमित मध्ये ७१४ जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। जसमध्ये १ सय ७१ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।