काठमाण्डाै – । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधवार भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराउनुभएको छ।
सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्या हटाउने बताउनुभयो । उहाँले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलता थपिँदै गएकाले आफ्नो नेतृत्वको टिमले ती समस्या हटाउने प्रयत्न गर्ने बताउनुभयो छ।
हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद्काे बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।
शपथ ग्रहण समारोहमा गृह मन्त्री बालकृष्ण खाणका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल तथा मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो ।
कार्यविधि संवाददाता । ३० भाद्र २०७८, बुधबार २०:०८ बजे