मन्त्रिपरिषद्ले पायो पूर्णता, नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ । नयाँ सरकारले ८८ दिनपछि पूर्णता पाएको छ । सर्वोच्च अदालतको आदेशपछि असार २९ गते नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले असोज २२ गते(आज) पूर्णता पाएको हो ।

आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त १६ मन्त्रीलाई संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । देउवाले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

वर्तमान सरकारमा काँग्रेसबाट एक राज्यमन्त्रीसहित ९ जना मन्त्री बनेका छन् भने नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्रीसहित ६ जना मन्त्री बनेका छन् । यस्तै नेकपा एस बाट एक राज्यमन्त्रीसहित ५ र जसपाबाट ४ मन्त्री बनेका छन् ।

प्रधानन्यायाधीशको कोटाबाट पनि एक जना मन्त्री बनेको चर्चा छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको लामो समयावधिको कसरतपछि सरकाले पूर्णता पाएको हो ।

यस्तो छ मन्त्रिपरिषद्