नेपाल डेमोक्रेट युनियनको एमसीसी पास गर्न आग्रह

काठमाडौं । नेपाल डेमोक्रेट युुनियनले मित्रराष्ट्र संयुक्तराज्य अमेरिकासँग भएको एमसीसी एमसीसी पास गर्न राजनीतिक दल र नागरिक समक्ष आग्रह गरेको छ ।
नेपालको गरिबी निवारणको लागि सडक र जलविद्युत प्रशारण लाइनको निर्माणका लागि अमेरिकाले दिने झण्डै ६० अर्ब रुपैया अनुदान सहयोगको विरोध गर्न नहुने युनियनको आग्रह छ ।

युनियनका अध्यक्ष सिद्धार्थ गौतमद्वारा जारी विज्ञप्तिमा नेपालको भरपर्दो र सच्चा प्रजातन्त्रवादी मित्र अमेरिकाले नेपालको विकासका लागि उपलब्ध गराउन लागेको एमसीसी सहयोगको नेपालका कम्युनिष्ट पार्टीहरुले विरोध गरिरहनु गलत भएको उल्लेख छ ।

‘देशलाई सधै अन्धकार, विपन्नता र विकासहीनताको खाडलमा हालेर  त्यसैका आधारमा राजनीति गर्न पल्केका कम्युनिस्टहरुले नै अरुण तेस्रो आयोजना रद्द गराएर देशलाई अध्यारोतर्फ धकेलेका हुन्’, विज्ञप्तिमा भनिएको छ, ‘तिनै तत्वहरु एमसीसी रद्ध गराएर अहिले पुनः देशलाई अन्धकारतिर लैजाने दुस्साहस गरिरहेका छन् ।’
युनियनले एमसीसी संझौतालाई यथासिघ्र संसदबाट अनुमोदन गराएर अमेरिकाले दिएको सहयोग नेपालको विकासमा लगाउने वातावरण तयार पार्न पनि सरकारसंग विज्ञप्ति मार्फत आग्रह गरेको छ ।