फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो !

काठमाडौँ ।  फेरि नेपाल आयल निगमले  पेट्राेलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेर आएको छ ।नयाँ मूल्य अनुसार काठमाडाैं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ पर्नेछ ।