भूकम्प पिडितलाई निःशुल्क यातायात सेवा

सुर्खेत स्थित संयुक्त यातायात वस समितिले  गत शुक्रवार राति गएकाे भूकम्पबाट पिडित बिरामीलाई निःशुल्क यातायात सेवाको व्यवस्था गरेकाे  छ ।

भूकम्पमा पिडित जाजरकाेट र रुकुम पश्चिम जिल्लाका बिरामी र एक जना  कुरुवा समेतलाई आवतजावतका लागि  निःशुल्क यातायात सेवाको व्यवस्था गरेकाे सुर्खेत स्ठित संयुक्त यातायात वस समितिका सचिव नारायण कुमार चपाईले बताए ।

साथै संयुक्त बैठकले पाँच लाख  सम्मकाे खाद्य तथा दैनिक उपभाेग्य सामान भूकम्प पिडितलाई उपलब्ध गराउने जानकारी गराएकाे छ ।