नेपाली सेनाको ‘सेनानी’ मा पहिलो दलित महिला, श्रृजना

नेपालकाे इतिहासमै पहिलो दलित महिला, श्रृजना वि.क. नेपाली सेनाको सेनानी (मेजर) पदमा पुग्न सफल भएकी छन् ।

नेपालमा लैंगिक समानता र महिला सशक्तीकरणको नीति अवलम्बन भएपछि नेपाली सेनाले वि.सं २०६१ साल देखि इन्फेन्ट्री फौजमा महिलालाई सहभागि गराउन सुरुवात गरेको थियो ।

कर्णाली  प्रदेश ,वीरेन्द्रनगर ११ सुर्खेत निवासी स्व.मान बहादुर वि.कका  श्रृजना जेष्ठी सुपुत्री हुन् ।  सेनानी श्रृजना वि.स.२०६४ सालमा अधिकृत क्याडेटमा भर्ना भएकी थिइन् ।

श्री देवीदल गण ,महेन्द्रनगरमा कार्यरत सेनानी श्रृजना वि.सं २०७५ सालमा दक्षिण सुडानमा शान्ति सैनिक मिसनमा सहभागि भएकी थिइन् । हाल सोही गणकी सेनानी श्रृजना सैनिक परिवेक्षक (स्टाफ अफिसर ) को रुपमा शान्ति सैनिक मिसन मालीमा कार्यरत रहेकी छन् ।