बन्दकर्ताले कोटेश्वरमा सार्वजनिक बस तोडफोड

चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् ।

आज बिहान ४ दलीय मोर्चाको नेपाल बन्दको क्रममा बिहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहले एक्कासि महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुंगा प्रहार गरी सिसा फुटाएर भागेको बताए ।