पछिल्लो १० बजेको अपडेट अनुसार भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी १ ६ सय मतले पछि परेका छन् ।
वाराणसीबाट चुनाव लडेका उनलाई कांग्रेसका उम्मेदवार अजय रायले भारी मतान्तरले पछि पारेका हुन् ।
उत्तर प्रदेशको वाराणसी लोकसभा सिटमा उम्मेदवार रहेका मोदी मतगणनाको करिब डेढ घन्टापछि परेका हुन्।
त्यहाँ कंग्रेसका अजय रायले प्रधानमन्त्री मोदीलाई पछि पारेका हुन्।
टाइम्स अफ इन्डियाका अनुसार ९ बजेर ३९ मिनेटमा मोदी करिब ४ हजार भोटले पछि परेका थिए।
मोदी पछि परे पनि उनी नेतृत्वको भाजपासहितको गठबन्धन एनडीएले २७४ सिटमा अग्रता भने कायम राखेको छ । विपक्षी कांग्रेस नेतृत्वको आईएनडीआईए गठबन्धन १८८ सिटमा अघि छ ।
भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ । सात चरणमा सम्पन्न भारतीय लोकसभा निर्वाचनको आज मतपरिणाम आउनेछ ।
लोकसभाका ५४३ निर्वाचन क्षेत्रमध्ये ५४२ सिटमा मतगणना भइरहेको छ भने सुरत लोकसभा सीटमा बीजेपी उम्मेदवार निर्विरोध जित्न सफल भए ।
कार्यविधि संवाददाता । २२ जेष्ठ २०८१, मंगलवार ११:०१ बजे