त्रिवि : कोरोनाले रोकिएको परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने , परीक्षा तालिका सहित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोनाका कारण रोकिएको वार्षिक लगायत परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ।

त्रिविले धमाधम परीक्षा तालिका सार्वजनिक गरिरहेको छ। त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार ३ बर्से एल.एल.बी. तेस्रो वर्षको नियमित परीक्षा यही फागुन १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

त्यस्तै, २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संकाय तर्फको ४ बर्से बी.एससी. चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ गतेदेखि सञ्चालन हुनेछ।

परीक्षा १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ। अरु संकायको परीक्षा तालिका पनि त्रिविले सार्वजनिक गरिरहेको छ।

त्रिविले नेपालमा पुन: कोरोना संक्रमण तीव्र फैलिएपछि माघ ९ गतेदेखि सञ्चालन भइरहेका नियमित सबै परीक्षा अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित गरेको थियो।फोटो विवरण उपलब्ध छैन।फोटो विवरण उपलब्ध छैन।सायद 'त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु त्रिभुवन विश्वविद्यालय,परीक्षा परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७८ सालमा संचालन गरिने ४ वर्षे वी.एफ.ए चौथो बर्षका पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको परीक्षा समय ७.०૦ बजे देखि १०.०० बजे सम्म Date परीक्षा केन्द्र :महेन्द्रत्न क्याम्पस,ताहाचल 2078/11/09 2078/11/10 2078/11/11 2078/11/12 Subjects Ptg:/Grph./Sculp./Tn.Sculp.332 History Of Art And Aesthetics Tab/Mus.333 Applied Theory Dan.330 Applied Theory Tab/Mus.335 Folk Music Theory Tab/Mus.336 General Theory Dan.335 General Theory Mus.338 Music Technology Theory Tab.338 Sound Technology Theory 2078/11/13' भन्ने पाठ को तस्बिर हुनसक्छ