जुम्ला कनकासुन्दरी गाँउपालिका घर बताउने २३ बर्षका लक्ष्मी प्रसाद सन्ज्याल नक्कली परिक्षार्थीकाे रुपमा परीक्षा दिदै गर्दा पक्राउ परेका हुन् ।
गत शनिवार लाेक सेवा आयाेगकाे कार्यालय सुर्खेतमा संचालन भएकाे नेपाल प्रहरी जवान प्राविधिक सचार तर्फकाे परिक्षामा कनकासुन्दरी गाँउपालिका ८ घर बताउने लक्ष्मी प्रसाद सन्ज्याल पक्राउ परेकाे सुर्खेत प्रहरीले बताएकाे छ ।
साेही गाउँपालिका बस्ने अग्नि प्रसाद सन्ज्यालकाे ठाउँमा नक्कली परिक्षार्थी लक्ष्मी परिक्षामा सहभागी भएका थिए । परिक्षार्थी रहेका अग्नि भने आफू परिक्षामा सहभागी नभई अरुलाई परिक्षामा समेत हुन पठाएका कारण पक्राउ परेकाे प्रहरी स्राेतले बताएकाे छ ।
कार्यविधि संवाददाता । १५ फाल्गुन २०७८, आईतवार १३:५५ बजे