हरेक दिन ११ मिनेटको हिँडाईले मुटु रोग, स्ट्रोक तथा क्यान्सरजस्ता रोगबाट बच्न सकिन्छ भन्ने कुरा बेलायतमा भखर्रै भएको एउटा सर्वेक्षणमा दावी गरिएको छ ।
मानिसले एक हप्तामा कम्तिमा १५० मिनेटको मोडरेट इन्टेन्सिटीको शारीरीक गतिविधि गर्नु आवश्यक भएको कुरा उक्त सर्वेक्षणमा भनिएको छ ।
उक्त सर्वेक्षणका अनुसार दिनहुँ गरिने शारीरिक गतिविधिले घातक रोगबाट मर्ने खतरा २३ प्रतिशतसम्म कम हुन्छ ।
दिनमा करीब ११ मिनेटको शारीरिक गतिविधिले १७ प्रतिशत मुटु रोग र ७ प्रतिशत क्यान्सरको खतरा कम गर्छ ।
मोडरेट इन्टेसिटीको व्यायाम गर्नाले जुनसुकै उमेरका मानिस पनि मुटु रोगको खतराबाट बच्न सक्छन् ।
स्वस्थ रहनका लागि शारीरिक गतिविधिको आवश्यकताका बारेमा गरिएको अध्ययनका लागि वैज्ञानिकले १० वर्षसम्म तीन करोड मानिसमा गरिएको करीब १९६ सर्वेक्षण आकलन गरेको थियो ।
एजेन्सी
कार्यविधि संवाददाता । १० चैत्र २०७९, शुक्रबार ०६:५३ बजे