नेपालको सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरका करिब १३५ ओटा गाउँ र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश र उत्तराखण्डका केही जिल्लामा सदियौंदेखि आदिवासीको रूपमा बसोबास गर्दै आएका छन् राना थारूहरू ।
यस समुदायको सबैभन्दा ठूलो चाडको रुपमा होली पर्व रहेको छ । प्रस्तुत आलेखमा यसबारे चर्चा गरिएको छ ।यस वर्षको फागु पूर्णिमा फागुन ४ गते परेको छ । तर रानाथारू समुदायमा मनाइने सबभन्दा ठूलो पर्व फागु अर्थात् होरी पर्व माघ पूर्णिमाबाट सुरु हुने भएकाले माघ ४ बाट सुरु भएको थियो ।
पहिले रानाथारू समुदायको दिन अनुसार माघको पूरनमासी अर्थात् पूर्णिमाको दिनदेखि फागु पूर्णिमा र फागु पूर्णिमाको आठौँ दिन खकडेहरा गरी जम्मा ३८ दिन धुमधामसँग होरी पर्व मनाइन्थ्यो । होलीलाई “होली राख्ने, जिउँदो होली, टीका, मरेको होली र खकडेहरा” गरी विभिन्न रुपमा मनाइन्थ्यो । अब भने साता दिनमा खुम्चिन थालेको छ ।राताेपाटीबाट
कार्यविधि संवाददाता । ३ चैत्र २०७८, बिहीबार ०६:३७ बजे