गृहमन्त्रीमा रविलाई पुन: बनाउने कि नबनाउने भन्नेमा प्रचण्ड–केपीबीच छलफल

भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा पनि छलफल चलेकाे छ ।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन् । फैसलाबाट पदमुक्त भएका लामिछानेले सोही दिन राजीनामा बुझाएका थिए

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय एक स्राेतले  जानकारी दिएकाे छ  ।