कोरोनाका कारण तेह्रथुममा विद्यालय बन्द

शिक्षक तथा विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाका  विद्यालय एक साताका लागि बन्द गरिएको छ।

धेरै शिक्षक सहित विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि २ निजीसहित २३ सामूदायिक विद्यालय सोमबारदेखि बन्द गरिएको गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङले  बताए ।

काेराेना परीक्षण गरिएका अधिकांश शिक्षक र  विद्यार्थीहरुमा कोरोना भाइरस पुष्टि भएको छ। तीव्र रुपमा संक्रमण फैलिएकाले बाध्य भएर विद्यालय बन्द गर्नुपरेको अध्यक्ष खापुङले बताए।

सुरुमा ४ दिनसम्म बिदा दिइएको र त्यसपछिका तीन दिन सार्वजनिक बिदा भएकाले एक सातासम्म विद्यालय बन्द रहनेछ। आगामी आइतबारबाट विद्यालय नियमित सञ्चालन हुने गाउँपालिकाले सूचना मार्फत जनाएको छ।