साेमबार जापान गएकाे भूकम्पले ८ जनाको मृत्यु, उद्धार कार्य जारी

सोमबार दिउँसो  ४ बजेकाे समयमा  जापानमा  गएको भूकम्पका कारण ८ जनाको मृत्यु भएको छ।

साथै उद्धारकार्य जारी रहेकाे  छ । ७.६ म्याग्निच्युडको प्रारम्भिक भूकम्पले धेरै भवनहरू ध्वस्त पारेको छ ।

प्रहरी र स्थानीय अधिकारीहरूले मंगलबार बिहानै भत्किएका भवनको भग्नावशेषबाट शव निकान थालिएकाे छ । जापान  सरकारले उद्धार राहतलाई तिव्रता दिएको छ। तटीय क्षेत्रका बासिन्दाहरूलाई सुनामीको चेतावनी पनि जारी गरिएको छ।

भूकम्प गएका ठाउँका  हजारौं घरहरूमा बिजुली अवरुद्ध भएको छ।

यसैगरी, भूकम्पका कारण धावनमार्ग चिरा परेपछि सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तको एउटा स्थानीय विमानस्थल बन्द गरिएको छ।

सरकारले सोमबार रातिसम्म मुख्य टापु होन्सुको पश्चिमी तटमा रहेका नौ प्रान्तका ९७ हजारभन्दा बढी मानिसहरूलाई घर छाड्न आदेश दिएको थियो।

खेलकुद हल र विद्यालय व्यायामशालाहरूमा  पिडितहरुले रात  बिताएका छन्।

जापानको मौसम विज्ञान एजेन्सीले सोमबार सुदूर नोटो प्रायद्वीपमा भूकम्प गएपछि लगातार परकम्पहरू गएकालले आगामी दिनमा अझैं शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएको छ।

सबैभन्दा बढी प्रभावित क्षेत्रका मुख्य सडकहरू नराम्ररी क्षतिग्रस्त भएकाले उद्धार कार्यमा बाधा पुगेको भूकम्प प्रभावित क्षेत्रमा बस्ने नेपाली कामदार र विद्यार्थिले बताएका छन् ।