लगातारको वर्षाले सिन्धुपालचाेक अन्तर्गत हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षाले जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरामा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
बन्द भएकाे सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए । वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन ।
कार्यविधि संवाददाता । २४ श्रावण २०७९, मंगलवार ०८:३७ बजे