जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड-१९ संक्रमण भएको छ ।
प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो ।
खोकी र ज्वरो महसुस गरेपछि उनले आइतबार बिहान पीसीआर परीक्षण गराएका थिए ।जापानमा कोरोनाभाइरस संक्रमण दर बढेको छ। कोभिडले विश्वको तेस्रो–ठूलो अर्थतन्त्र भएको देश जापान प्रभावित बनेको छ ।
हाल देशभर दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण हुने गरेको छ ।
कार्यविधि संवाददाता । ६ भाद्र २०७९, सोमबार ०६:५१ बजे