यसपाली फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट चुनावी प्रचारप्रसारका सामग्री (विज्ञापन) राखेमा त्यसमा लागेको खर्च विवरणसमेत उम्मेदवारहरूले निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ।
निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालकोसमेत प्रयोग गरी चुनावी प्रचार गर्न थालिएको देखिएकोले यस्तो खर्चको विवरण राख्न राजनीतिक दलहरू र उम्मेदवारहरूलाई आग्रह गरेको छ।
सामाजिक सञ्जाल प्रयोग गरी गरेको प्रचार (विज्ञापन)लाई निर्वाचन खर्चमा दल वा उम्मेदवारले समावेश गर्नुपर्ने भएको हो।
सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेश गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे वा नगरेको अनुगमन र परीक्षणसमेत गरिने आयोगले जनाएको छ।
तर गत स्थानिय निर्वाचन २०७९ मा कानुनबमोजिम निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारले हाल सम्म पनि भुक्तानी गरेका छैन्न ।
कार्यविधि संवाददाता । २५ आश्विन २०७९, मंगलवार ०८:१२ बजे