कार्यालय प्रमुखहरूलाई कारबाही गर्ने आयोगको निर्देशन

निर्वाचन आयाेगले आचारसंहिता विपरित काम गर्नेलाई जाेगाए मातहतका कर्मचारीलाई कारबाही नगरी सिधै निर्वाचन गराउने  कार्यालय  प्रमुखलाई कारबाही गर्ने निर्देशन प्रेस विज्ञप्ती मार्फत जारी गरेकाे छ ।

आयोगले बिहीबार एक सूचना निकालेर निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई प्रचलित कानूनबमोजिम तत्काल विभागीय कारबाही प्रारम्भ गर्न निर्देशन दिइएको जनाएको छ।

यस्तै, उसले निर्देशनबमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगको सचिवालयले कारबाही गर्ने स्पष्ट पारेको छ ।  यस प्रकारकाे निर्देशनले ठाडाे नियुक्ति भएका कर्मचारीलाई त  कठिन हुने देखियाे ।