८७ हजार नक्कली नेपाली रुपैयाँ सहित रौतहट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
आरोपीहरुको साथबाट ८७ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी बीर बहादुर बुढाले जानकारी दिएका छन् । पक्राउ परेका नोट एक हजार दरका रहेका छन् ।
आरोपीहरु बारा र राैतहटकाे सिमाना मौलापुर नगरपालिका – ८ बाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको थप अनुसन्धानकाे गर्नकाे लागी नाम सार्वजनिक नगरेको प्रहरीले बताए ।
कार्यविधि संवाददाता । २५ कार्तिक २०७९, शुक्रबार ११:०३ बजे