नेपालमा विकास हुन् लाई राजा र बहुदलकाे बाटाे एउटै हुनुपर्छ : अभिनेत्री मनिषा कोइराला

अभिनेत्री मनिषा कोइरालाले  राजसंस्था र हाम्रो मल्टीपार्टीलाई सबैले बिर्सिएको बताएकी छन् । झापाकाे दमकमा  राष्ट्रिय प्रजातान्त्रिक पार्टीको चुनावी सभामा सम्बोधन गर्दै उनले  राजसंस्था र हाम्रो मल्टीपार्टी एउटै बाटोमा आउनुपर्ने  बताएकी छन् ।

उनले राजेन्द्र लिङ्देनको भाषणबाट आफू प्रभावित भएर चुनावी सभामा उभिएको बताएकी हुन् ।  ‘म आज यहाँ उभिएको छु, राजेन्द्र  लिङ्देनजीको भाषण सुनेर,’ उनले भनिन्  ‘ राजेन्द्रजीले   भन्नुभएको थियो – भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो। त्यो सुनेर लाग्यो, वाह! नेपालीले एउटा असल नेतृत्व पायो।’

कोइरालाले  राप्रपाको घोषणमा पत्र आफूले पढेको त्यहाँ धेरै राम्रा कुरा उल्लेख भएको बताइन् । उनले भनिन् ‘धेरै कुरा त घोषणा पत्रमा पनि पढेँ। हरेक कुरा उहाँले चाहिनेमात्र राख्नुभएको छ। म चाहन्छु, तपाइँहरुले उहाँलाई अत्यधिक मतले जिताउनुहोस्। हलोमा भोट दिनुहोस्,’ ।  उनले जनताको आवाज संसदमा बलियो बनाउन राप्रपालाई जिताउनुपर्ने उनले बताएकी छिन् ।