दुबै सभाकाे प्रतिस्पर्धामा : ११ हजार ५४२ उम्मेदवार

आसन्न  मंसिर ४ गते  प्रतिनिधि र प्रदेश  सभातर्फ कूल ११ हजार ५४२ उम्मेदवार चुनावी  प्रतिस्पर्धा गर्दै छन्  ।

२७५ सदस्यीय व्यवस्थापिका प्रतिनिधिसभा सदस्यका लागि ४ हजार ६११ उम्मेदवार चुनावी प्रतिस्पर्धामा   छन् । १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित हुन्छन् भने ११० सदस्य समानुपातिक तर्फबाट निर्वाचित हुनेछन् ।

प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार छन् भने समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तिम बन्द सुचीमा कायम भएकाे  निर्वाचन आयोगले बतायाे ।

यस्तै, प्रदेश सभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागी ३ हजार २२४ उम्मेदवार रहेको र समानुपातिकतर्फ ३ हजार ७०८ जना अन्तिम बन्दसुचीमा कायम गरिएको आयोगले जनाएको छ ।

आसन्न निर्वाचनको पहिलो हुने निर्वाचित प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को लागि ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिसपर्धामा रहेको र सामानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ अन्तिम बन्द सुचीमा कायम गरिएको आयोगले जनाएके हो । दुबै सभातर्फ कूल ११ हजार ५४२ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचित हुने निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र र सामानुपातिक तर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरीसकेको छ ।

पर्यवेक्षकद्वारा निर्वाचनको विश्वसनीयतालाई अभिवृद्धि गर्न ४४ वटा संस्थाका ७ हजार २०७ जना र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमति लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षिण कोरियाका प्रमुख आयुक्तका टोलीले पर्यवेक्षण गर्ने भएको छ ।

१० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र छन् । कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० छन् ।  १८ वटा कुटनैतिक नियोगका नेपालका समुहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवश्यकता अनुसारको सुरक्षकर्मी मतदानस्थलमा पुगिसकेका छन् ।

साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सुचनाहरु प्रकाशित गर्ने, मादक पदार्थ वा हाथहतियार बोक्न नदिने लगायतका विषयहरुमा आवश्यक छलफल गर्नेछन् । सामाजिक सञ्जालबाट कुनै किसिमको गलत मिथ्या सूचना प्रवाहबाट निर्वाचन आयोग प्रभावित हुनबाट आयोग सचेत रहेको प्रवक्ताको भनाई छ । निर्वाचन सुरक्षा जोखिमका आधारहरुलाई आवश्यकता अनुसारका सुरक्ष गस्ती र सम्पन्न घुम्ती टोली परिचालन गरेको प्रवक्ता थपलियाले जानकारी दिएका छन् ।