शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जीप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको बैतडी प्रहरीले बताएकाे छ ।
प्रहरीका अनुसार सु प प्र०१००१ ज १३५४ नम्बर जीप सडकबाट १५ मिटर तल खसेको थियो । जीप दुर्घटनामा ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ ।
कार्यविधि संवाददाता । ९ मंसिर २०७९, शुक्रबार २०:०१ बजे