सुर्खेत बहुमुखी क्याम्पसमा ताला बन्दी

स्वतन्त्र बिद्यार्थी युनियनको अगुवाइमा संयुक्त विद्यार्थी संगठनले बुधबार क्याम्पसको लेखा शाखा र आज विहीबार क्याम्पस प्रमुख माधव प्रसाद खनालकाे कार्य कक्षमा ताला लगाएका छन्  । No description available.No description available.

क्याम्पस प्रशासनले स्ववियुलाई जानकारी नगरी स्नातक तहमा वार्षिक  हाल भुक्तानी शुल्कमा ५० प्रतिसत  शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी संगठनले क्याम्पसमा ताला बन्द गरेको छन्  ।

क्याम्पस प्रशासन आफ्नाे नियमित कामकाज प्रति जिम्मेवार हुनुकाे सट्टा शुल्क वृद्बि तर्फ मात्र ध्यानमा केन्द्रित रहेकाे छ ।  बिद्यार्थीहरूलाई दिनु पर्ने आधारभुत आवश्यक्ताहरूबाट बन्चित गरी शुल्क मात्रै वृद्धि गरेकाले  बाध्य भएर ताला लगाएको स्ववियुले स‌ंयुक्त विज्ञप्ति मार्फत जनाएकाे छ ।

तत्काल शुल्क वृद्धिकाे निर्णय फिर्ता  नभएसम्म हामी थप आदोलनका कार्यक्रम गर्ने छौ र आन्दोलन जारी राख्ने स्नाकाेत्तर अध्ययनरत  नाम नबताउने शर्तमा एक  विद्याथिले बताएका छन् ।

क्याम्पस तालाबन्दी बारे क्याम्पस प्रमुख माधव प्रसाद खनाललाई  बुझ्न खाेज्दा उनले फाेन रिसिभ गरेका छैन्न ।

विज्ञप्तिकाे पाठ :

No description available.