मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुन्दरहरैंचा नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार सुन्दरहरैंचा–१० का ७३ वर्षीय वृद्ध जयप्रसाद बास्तोलाको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी गराएकाे छ।

श्रीमती जानुका बास्तोलासँगै घाँस काट्न जंगल गएका जयप्रसादलाई बिहान करिब ८ बजे हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय माेरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठलेजानकारी दिएका ।

प्रहरीका अनुसार घाँस काट्ने क्रममा जंगली हात्ती देखापरेपछि आत्तिएका जयप्रसाद भाग्ने क्रममा लड्न पुगेका थिए। सोही क्रममा जयभन्दा अली दूरीमा रहेकी श्रीमती जानुका भने भागेर ज्यान जोगाउन सफल भएकी छन्। भागेर ज्यान जोगाएकी जानुकाले गाँउमा पुगेर घटना बारे  जानकारी गराएकी हुन् ।

स्थानीय बासिन्दा जयप्रसादको खोजीका लागि जंगलतर्फ पुगेको प्रहरीले जनाएको छ। स्थानीयले खोजी गर्ने क्रममा जयप्रसादको शव सुन्दरहरैंचा–१० स्थित मुनालझोडा सामुदायिक वनभित्र दिउँसो १ बजेतिर भेटिएको प्रहरीले जनाएको छ।