कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन

फेरि कोरोनाको असर देखिन थालेपछी चीनको ठूलो शहर सांघाइमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ।

चीनकाे  सरकारी सञ्चारमाध्यमका अनुशार  विद्यालय बन्द गर्न निर्देशन दिए लगत्तै त्यहाँ अब अनलाइन कक्षा सुरु हुने भएको छ। सांघाइको शिक्षा ब्यूरोले सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रसमेत बन्द गर्न निर्देशन दिएको छ ।

चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको  थियाे । महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको थियाे । तर संक्रमण बढ्न थालेसँगै त्यहाँ स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ ।