डडेल्धुराकाे भागेश्वर गाउँपालिका–४ आर्कुडाका ४२ वर्षीय सुन्दरसिंह भाटकाे करेन्ट लागेर मृत्यु भएको छ।
सोमबार दिउँसो घर नजिकैको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर भाटको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए।
मृतक भाट नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराअन्तर्गत बगरकोट सव स्टेशनमा सुरक्षा गार्डमा कार्यरत थिए।
बिदामा घर आएको बेला ट्रान्सफर्मरमा फ्युज जोड्ने बेला करेन्ट लागेको प्रहरी निरीक्षक जोशीले बताए ।
कार्यविधि संवाददाता । २५ पुष २०७९, सोमबार १८:३९ बजे