पोखराबाट पहिचान नभएका २५ शव काठमाडौं ल्याइयो

आइतबार पोखरामा यती एयरको विमान दुर्घटनामा परेर पहिचान हुन नसकेका २५ जनाको शव बोकेर काठमाडौं आएको सेनाको एमआई १७  हेलिकप्टर महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण हुन नसकेपछि त्रिभुवन विमानस्थल फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौं आउने क्रममा छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भइ आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ ।