वृद्धभत्ताको पैसा आमाले नदिएपछि बन्चरो हानेर हत्या

वृद्धभत्ताको पैसा नदिएपछि कैलाली  जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले  बन्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छन्  ।

थारुले मंगलवार राति ७१ वर्षीया (आमा) लगनी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेकाे  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएपछि थरुनीलाई उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो । तर, लम्कीमा उपचार सम्भव नभएपछि उनलाई धनगढी अस्पतालमा ल्याइएको थियाे ।  उनको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको  प्रहरीले बताएको छ ।

उता, इलाका प्रहरी कार्यालय लम्कीले हत्या आरोपित थारुलाई पक्राउ गरेको जनाएको छ । उनलाई मंगलवार बिहान उनलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ ।