सुर्खेत : लागुपदार्थ काराेबारी तथा सेवनकर्ता दिनहुँ पक्राउ

खुला सीमाको फाइदा उठाउँदै बाँकेकाे नेपालगंज नाकाबाट कर्णाली भित्र्याइँदै गरेका लागु पदार्थसहित मान्छे पक्राउ पर्ने  सुर्खेतमा दिनहुँ जस्तो छ। ब्राउन सुगर सहित ३ जना पक्राउ - पूर्णपुष्टि
लागु पदार्थ कारोबारी तथा सेवनकर्ता प्रायः दिनहुँ पक्राउ पर्ने गरेकाे  जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएकाे छ।

नेपालकाे सबैभन्दा धेरै लागु पदार्थ काराेबाराे गर्ने नेपालका चार जिल्ला मध्ये सुर्खेतकाे छिमेकी जिल्ला बाँके  पनि एक हाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले गत छ महिनामा १ सय १  ग्राम,  १ सय ९० मि.ग्राम  ब्राउन सुगरसहित ४५जनालाई पक्राउ गरेर मुद्दा चलाएको प्रहरी नायव उपरीक्षक सुरज कार्कीले  जानकारी दिए। अबैध ब्राउन सुगर सहित एक जना पक्राउ – Sansar Post

गत वर्षको बरामदको परिणामलाई यो वर्षको छ महिनाले नै पछाएकाे  छ। गत वर्ष करिब १  सय ८७ मि .ग्राम ब्राउन सुगर बरामद भएको थियो।

गत वर्ष सुर्खेतमा ६९  जना लागु पदार्थ सेवनकर्ता तथा कारोबारी पक्राउ परेका थिए भने यो वर्षको छ महिनाको अवधिमा ४५ जना पक्राउ परेका छन्। ब्राउन सुगरसहित दुई ट्रक चालक भोजपुरबाट पक्राउ

प्रहरीकाे विवरणमा सेवनकर्ता तथा काराेबाराे गर्नेकाे संख्या बढे पनि सामाजिक रुपमा घटेकाे  बुझिन्छ ।

पक्राउ पर्नेमा अधिकांश १५  देखि ३५ वर्ष उमेर समूहका छन्।